by Buddhisagar
One-time purchase · Instant delivery
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु- हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् । यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन्।